स्थानीय तहमा केन्द्रीय नेताले उम्मेदवारी दिन सुझाव

काठमाडौं । स्थानीय तहका प्रमुख पदहरूमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिन उपयुक्त हुने सुझाव विज्ञहरूको छ । स्थानीय तहका प्रमुख पद आकर्षणका केन्द्र बन्दै गएको भन्दै विज्ञहरूले त्यस्तो सुझाव दिएका हुन् ।

सङ्घीय प्रणालीअनुरूप स्थानीय तहमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहितको स्रोत र साधन हुने भएकाले स्थानीय तहका प्रमुख पदमा आकर्षण बढेको ठम्याइ उनीहरूको छ ।

आकर्षण बढेको मात्र नभई विज्ञहरूले स्थानीय तहका प्रमुख पद विकास निर्माण, सेवा प्रवाह र सुशासन कायम गर्ने दृष्टिले महत्त्वपूर्ण भएकाले आसन्न निर्वाचनमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिनुपर्ने बताए । आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा भइसकेको छ ।

स्थानीय शासनविज्ञ डा। श्याम भुर्तेलले स्थानीय तहको कुशल व्यवस्थापक बन्न राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार पहिलो स्थानीय तहको निर्वाचन हतारमा भएको र दलहरूले उम्मेदवार छान्ने समय पनि छोटो थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..