घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा


काठमाडौं । घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनालाई अख्तियारले मुद्दा दायर गरेको हो ।


२०७५ मंसिर, २०७६ कार्तिक र मंसिरमा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरु दोषी पाइएको अख्तियारले जनाएको छ ।


त्यही कार्यालयमा कार्यरत अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेम प्रसाद श्रेष्ठ, अधिकृतस्तर छैटौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालसमेत विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

उनीहरुले प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका १६६ जना परीक्षार्थीहरुको पास गराएको तथा २ जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरुलाई फेल गराई जम्मा १६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको अख्तियारले जनाएको छ ।

निमित्त कार्यालय प्रमुखसमेतले संलग्न कर्मचारीहरुलाई कुनै प्रकारको विभागीय कारबाही गरेको नदेखिएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफा बमोजिमको अधिकतम सजायको मागदाबी लिई मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..