आगामी निर्वाचनमा एमालेले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ : नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । शनिबार पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो धारणा राखेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले संसद विघटन गरेर संविधानको उल्लंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताएका हुन् ।

त्यस्तै उनले संविधानको प्रावधानविरुद्ध गएर संसद विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । ऐन उलंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन विताउनुपर्ने तर, संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उनले नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने बताए ।

नेता खनालले आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने टिप्पणी गर्दै उनको बाकसमा ‘जिरो’ मत हुनुपर्ने बताए ।

उनले भनेका छन्, ‘संविधानका प्रावधानहरुको विरुद्ध गएर संसद विघटन गर्ने योजना बनाए । यो अर्को दक्षिणपन्थी अवसरवाद हो । दक्षिणपन्थी भडकावको कुरा हो । अपराधको कुरा पनि हो त्यो । संविधान कसैले उलंघन गर्दाखेरी एउटा सामान्य ऐन उलंघन गर्दाखेरी मान्छे जेल जान्छ । तर संविधान नै उलंघन गर्ने मान्छेलाई खै सजाय अहिलेसम्म ? त्यसकारणले कमरेडहरु, अव सजाय दिने बेला आएको छ ।’

खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..