एमसीसीमा क्रान्तिकारी टोपलिएको भए सरकार र सभामुख पद पनि जन्थ्यो : अध्यक्ष प्रचण्ड


सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको स्पष्टीकरण दिएका छन् ।


शनिबार सिन्धुलीमा आयोजित पार्टी कार्यक्रममा उनले विगतमा झैं धेरे क्रान्तिकारी हुँदा प्राप्त उपलब्धी पनि गुम्ने जोखिम देखेपछि १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको बताए ।

‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने’ प्रचण्डले भने, ‘के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु पो वुद्धिमानी हो ।’

प्रचण्डले अघि भने, ‘देश संकटबाट बच्यो ।’

२०६५ सालमा तत्कालिन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्दा गल्ती भएको भन्दै प्रचण्डले त्यो घटनाले पार्टी र देशले दुख पाएको बताए ।

‘रुक्मांगतलाई कारबाही गर्न खोज्दा दायाँपट्टी बस्ने बाबुरामले पनि गरिहाल्ने भन्ने बाँयापट्टी बस्ने बादलले पनि गरिहाल्ने भन्दा कति दुख पाइयो तपाई हामी सबैले, देशले दुख पायो, पार्टीले पनि दुख पायो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..