‘पीर’ गीतकाे यौनकर्मी सिनप्रति आत्मआलोचना गर्न चाहन्छु : प्रकाश सपूत

काठमाडौं । गायक प्रकाश सपूतले ‘पीर’ वोलको म्युजिक भिडियोमा एक पूर्वमहिला छापामार पात्रलाई यौनकर्मी बनाइएको प्रति आत्मआलोचना गरेका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तवार्ता दिदै गायक सपूतले उक्त वास्तविक पात्रहरुलाई चोट परेकाे भएपनि गल्ती भइसकेको स्वीकारेका हुन् ।

गायक सपूतले आफूलाई गीतको कथा वस्तुमा एउटा कुराले भने आत्म ग्लानी गरेको उल्लेख गरेका छन् । गीत निर्माण गर्दै गर्दा कतिपयलाई यसले चोट पार्ने कुरामा आफू पहिल्यै क्लियर भएको उले बताएका छन् । यद्यपि अर्को पक्षलाई भने आफ्नो प्रतिनिधिको गीत भनेर स्वीकार गर्ने झिनो आशा भएको उनले बताएका हुन् ।

‘मलाई एक कुरामा ग्लानी छ । किन छ भने, एउटा नेतृत्व पङ्तिलाई चाही आश गर्छ नै भन्ने थियो । म यसमा पहिल्यै क्लियर थिएँ । चित्रण गरिसकेपछि एक पक्षलाई चित्त दुख्छ भन्ने थियो । जो नेताको क्यारेक्टरमा छ । तर पात्रहरु बनाइराख्दा के झिनो उदेश्य थियो भने, उहाँहरुले हाम्रो प्रतिनिधि पात्रका रुपमा सोच्नुहुन्छकी ? उहाँहरुको कथा व्यथा देखाइदिँदा म प्रति थ्याङ्फुल पो हुनुहुन्छ की ? भन्ने आशा चाही थियो,’ उनले भनेका छन् ।

गायक सपूतले केही पूर्व लडाकु महिलाहरुले फोन गरेर दुखेसो पोखेको पनि सुनाएका छन् । उनले भनेका छन्, ‘मलाई इजरायलबाट एक दिदीले फोन गर्नुभएको थियो । म इजरायलमा छु । एक परिवारको बच्चा र बुढापाका स्याहार्ने काम गरिरहेको छु। म पनि पहिलाको लडाकु हुँ । गीतको सबै कुराले छोयो । म रातभरी सुत्न सकिन । मन पनि पर्याे । तर एक दृष्यले चित्त दुख्यो । त्यसपछि मैले पुन भिडियो हेरेँ। उठाउँन खोजेको विषय ठिक छ । भन्न खोजेको कुरा ठिक हो । तर दृष्य हेरिरहँदा एक समूहलाई र उहाँहरुको मनमा ठेस पुगेको भन्ने कुराहरुमा म सचेत छु।’

यद्यपि उनले उक्त गीतको पात्र र कथा वस्तुलाई कलाको हिसावले हेरिदिन आग्रह गरेका छन् । यदी कलाको हिसाबले हेरेर सबै ती पात्रहरु त्यहाँ पुग्छन् भनेर नलिइ दिन गायक सपूतको अनुरोध छ ।

गायक सपूतले एक कलाकारको गीत आएछ भनेर हेर्दा पनि पूर्वछापामार महिलालाई यौनकर्मीको रुपमा प्रस्तुत गरेको विषयवस्तुमा भने कोही अल्झिएको र अपमानित महसुस नगरेको उनको भनाइ छ ।

गायक सपूतले कुनै पार्टी र व्यक्तिको संरक्षण र प्रभावमा गीत नरचेको पनि स्पष्टिकरण दिएका छन् ।

केही दिनअघि सार्वजनिक भएको ‘पीर’ वोलको गीतले पूर्वमाओवादी लडाकु महिलाहरुको अपमानित भएको भन्दै विभिन्न आपत्ति जनाइएको थियो ।

गीतको म्युुजिक भिडियोमा पूर्वलडाकु महिला गरीबीका कारण घाइते श्रीमानालाई छोडेर बिदेश जान बाध्य भएको र त्यसको केही महिनामै श्रीमना यौन व्यावसायी महिलाकोमा जान्छन् । ती पुरुष (श्रीमान) कोठीमा पुग्दा यौन व्यावसायी महिला पनि पूर्व लडाकु तथा युद्ध कालका सहकर्मी भएको कथावस्तु समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..