सुनसरीका सिडीयो यादवको नेतृत्वमा डीआईजीसहितको टोलीद्धारा सिमाक्षेत्र र स्तम्भको निरिक्षण

इनरुवा । सुनसरीका सुरक्षा अधिकारीहरुले नेपाल भारत सिमाक्षेत्रको अवश्थाका बारेमा जानकारी लिनुका साथै सिमा स्तम्भको स्थलगत निरिक्षण गरेका छन ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरिक्षक अरुणकुमार विसीसहित गएको जिल्लाका सुरक्षा अधिकारीहरुको टोलीले सिमाक्षेत्र र सिमा स्तम्भहरुको निरिक्षण गरेको हो ।

सुनसरीको सिमाक्षेत्रको निरिक्षणका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरिक्षक अरुणकुमार विसीसहितका जिल्लाका सुरक्षा अधिकारीहरुले सिमा वारपार अपराधको अवश्था, स्थानियहरुले भोग्नु परेको समस्या, भारतिय र नेपाली सुरक्षाकर्मीहरुको व्यवहार लगायतका बारेमा जानकारी लिएका थिए ।

सिमा निरिक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीले विगत र अहिलेको सुरक्षा अवश्थाका बारेमा स्थानियसँग छलफल गरि सुरक्षाका लागि आवश्यक थप योजनाका बारेमा जानकारी लिनुका साथै भारतिय सिमा सुरक्षा बल एसएसवीका सुरक्षा अधिकारीहरु सँगसमेत सिमा सुरक्षा र अपराधको बारेमा जानकारी लिइएको थियो ।

निरिक्षणको क्रममा सिमाक्षेत्रमा रहेको सुनसरी जिल्लाको पुर्वतर्फको पहिलो सिमा स्तम्भ पहिलो पिलरसगै १८२ देखी १९५ सम्मको मुख्य तथा सहायक पिलरको बारेमा जानकारी लिइएको थियो ।

निरिक्षणका क्रममा सुनसरीको बर्जु गाउपालिका क्षेत्रमा रहेको अमडुवा, देवानगञ्ज गाउपालिका क्षेत्रमा रहेको साहेवगञ्ज, कप्तानगञ्ज, हरिनगर गाउपालिका क्षेत्रमा रहेको घुस्की, बसन्तपुर र भोक्राहा नरसिहमा रहेको उल्टी नाकासम्मको जानकारी लिइएको थियो ।

यस अगाडीसमेत सुनसरी प्रशासनको नेतृत्वमा सुरक्षा निकायले जिल्लाका सिमाक्षेत्रका समस्याका बारेमा स्थलगत रुपमा स्थानियसँग र सिमास्तम्भको बारेमा जानकारी लिएर सुरक्षा रणनिती तय गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..