एमालेमा नगरका मेयरका उम्मेदवार केन्द्रले टुंग्याउने


काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको र उपमहानगर पालिकाका मेयर उपमेयरका लागि उम्मेदवारको टिकट केन्द्रबाटै वितरण गर्ने गरी मापदण्ड तय गरेको छ । एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको जिम्मेवारी तोकेको छ ।

एमालेको केन्द्रीय सचिवालयको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गर्दै महानगरपालिका, उपमहानगरपालिकाको उम्मेदवारको टिकट केन्द्रबाट वितरण गर्ने मापदण्ड तयार गरेको हो ।

प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउनेछ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।


त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार भने भने जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने र केन्द्रीय कमिटीले निर्णय गर्ने उपमहासचिव गुरुङले बताए ।उम्मेदवार छनोटको मापदण्ड भने केन्द्रीय कमिटीको ९ र १० चैतमा बस्ने बैठकलेतय गर्ने उनले जानकारी दिए ।सिफारिस गर्दा के के मापदण्डका आधारमा गर्ने भन्ने चाहिँ चैत ७ गते बस्ने पोलिटव्यूरो र त्यसलगत्तै ९ र १० बस्ने केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने भएको छ ।

त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक पनि बोलाएको छ । चुनावी घोषणा पत्रका लागि बुद्धिजीवी संगठनको आयोजनामा हुने कार्यक्रममा नीति तथा प्रतिष्ठान विभागले मस्यौदाका विषयमा केन्द्रीत रहेर छलफल गर्ने भएको छ । त्यसलाई केन्द्रीय कमिटिले पारित गरेपछि त्यो सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..