प्रहरीमा तीन डिआइजीकाे पद रिक्त पुरानालाई दिने कि नयाँ प्रवेश गराउने


काठमाडौ । नेपाल प्रहरीमा तीन डिआइजी एआइजिपीमा बढुवा भएसंगै तीन डिआइजीका पद रिक्त भएका छन् । आगामी बैशाख १९ गते अवकाश हुन लागेका डिआइजी बसन्त पन्तलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेगिय र गुरूबाकाे छाेरा भएको कारण एआइजिपीमा बढुवा सिफारिस गरेसंगै चर्को आलोचना पनि भएको छ ।

तथापि यस्ता आलोचना र गुनासोकाे कुनै सुनुवाइ हुने पनि छैन । पन्तसंगै धिरज प्रताप सिंह र रवीन्द्र धानुक पनि एआइजिपीमा बढुवा भएका छन् । यी जनाको बढुवासंगै रिक्त तीन डिआइजिपीकाे पदमा बढुवा हुन अर्को प्रतिस्पर्धा पनि शुरू भएको छ।


सिनियर भए पनि संगठनमा कुनै कामको छाप मात्रै हाेइन आफ्नो पहिचान समेत बनाउन नसक्ने अधिकृतहरूकाे सुचिमा पर्ने एसएसपी नल प्रसाद उपाध्याय , माेहन कुमार आचार्य र मसुद आलम खां पनि डिआइजीकाे बढुवाका लागि नामावलीमा अटाउंछन। तर उनीहरूलाई डिआइजी बनाएर प्रहरी संगठनले मात्रै हाेइन देशले पनि कुनै उपलब्धि पाउने देखिदैन ।

केवल उनीहरूका लागि मात्रै फाइदा हो ।
त्यसपछि २०७५ माघ महिनामा एसपीबाट एसएसपीमा बढुवा भएकाहरू मध्ये रिक्त तीन डिआइजीकाे पदमा बढुवाको लागि लाग्नु स्वाभाविकै हो । किनकि यो समुहमा केही यस्ता काबिल अफिसरहरू छन् जसले संगठनकाे नेतृत्व सम्हाल्ने मात्रै हाेइन पहिचान र क्षमता देखाउने खुबी पनि राख्छन् ।

त्यसैले पनि सरकारले रिक्त तीन डिआइजीकाे पदमा यो समुहका क्षमतावान र संगठनकाे नेतृत्व सम्हाल्ने कमान्ड क्षमता भएका अधिकृतलाई बढुवा गर्नुपर्ने धारण उठेको छ। २०७५ माघमा एसएसपीमा बढुवा हुनेहरूमा सन्दिप भण्डारी , टेक प्रसाद राई , उमेश जाेशी , श्याम ज्ञवाली , दीपक थापा , रामदत्त जाेशी , मिरा चाैधरी , बुद्धि गुरूङ, किरण बज्राचार्य , पाेषराज पाेखरेल , टेकबहादुर तामाङ , बसन्त कुंवर र भीम ढकाल छन् ।


त्यसाे त हाल प्रबन्धमा कार्यरत डिआइजी बसन्त लामा ५६ बर्षे उमेरको कारण आगामी जेठ ६ गते अवकाश हुदैछन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..