इरान र रुसबीच आणविक सम्झौता सम्बन्धि वार्ता हुने

कठमाडौं । इरान र रुसबीच आणविक सम्झौता सम्बन्धि वार्ता हुने भएको छ ।

यसका लागि तेहरानका विदेश मन्त्री होसेन अमिर अब्दुल्ला हियान वार्ताका लागि आज (मंगलबार)मस्को जानुहुने भएको छ। इरान र रुसबीच पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि सम्बन्ध टुटेकोथियो ।

अष्ट्रिायाको भियनामा भएको दश महिने वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई नियमन गर्ने सन् २०१५ को सम्झौता नवीकरण गर्ने नजिक पुगेकाथिए । तर रुसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएको पश्चिमी प्रतिबन्धले इरानसँगको व्यापारलाई नोक्सान नगर्ने ग्यारेन्टी माग गरेपछि वार्ता रोकिएको थियो ।

सोही विषयमा कुराकानी गर्न इरानका विदेशमन्त्री मंगलबार मस्को जान लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..