नेपाल-युएई संयुक्त समितिको बैठक
श्रममन्त्री श्रेष्ठ र युएईका समकक्षीबीच भेटवार्ता हुँदै


काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुल रहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ ।


भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले ‘भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे समकक्षीसँग छलफल गर्ने’ मन्त्री श्रेष्ठको सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।


नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समितिको बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ यूएईको राजधानी आबुधावी गएका हुन् । आज हुने बैठकको उदघाटन सत्रलाई मन्त्री श्रेष्ठ र समकक्षी अल अवारले सम्बोधन गर्नेछन् ।


उदघाटन सत्रपछि प्राविधिक समूहको बैठक हुने छ । सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यन्वयनबारे समीक्षा हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..