निजामती कर्मचारी सङ्गठनमा लेखनाथ कोइराला

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको सोमबार सम्पन्न दुईदिने ११औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ ।


मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी सो अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उद्घाटन गरेका थिए । विसं. २०४७ वैशाख ७ गते सङ्गठनको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..