ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन फेरि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्सनका लागि अनलाइन आवेदन लिने कार्य फेरि स्थगन गर्ने भएको छ । सोमबार एक सूचना जारी गरी सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली अनिश्चतकालको लागि स्थगन गर्न लागेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।

‘अहिलेसम्म परेका अनलाइन आवेदनहरुलाई सकाउनको लागि स्थगन गर्न लागिएको हो,’ उनले भने, ‘लगभग एक महिना जति अनलाइन आवदेन बन्द हुन्छ ।’ अहिले ३–४ लाख जनाले अनलाइन आवेदन दिएर मिति पर्खिरहेको उनले जानकारी दिए ।

ती सबै आवेदकहरुको काम सकिएपछि मात्र अनलाइन आवेदन पुनः लिन थालिने उनले बताए । अब एक सातामै पालो आउने गरी नयाँ आवेदन प्रणाली खुलाउने योजना विभागको छ । अनलाइन आवेदन दिएकामध्ये ४० प्रतिशतले मात्र प्रक्रियाका लागि यातायात कार्यालय जाने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..