मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई युवक पक्राउ

जनकपुर । जनकपुरधामबाट २ वटा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका-५ स्थित महावीर चोकमा पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश २–०३–००९ प २९२६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल लगिरहेका सिरहाको मिर्चैया नगरपालिका- २ का २० बर्षीय अर्जुन यादव र बा. ९६ प. ९७८० नम्बरको मोटरसाइकल लगिरहेका सोही ठाउँका १९ बर्षीय दीपेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

शंका लागेर सोधपुछ गर्दा उनीहरुले महावीर चोकस्थित भित्री गल्लीमा पार्किङ गरेको मोटरसाइकल चोरी गरेर भाग्न लागेको देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..