बारा कांग्रेस सभापतिमा यादव बिजयी

कलैया । नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित भएका छन् ।


उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाए ।प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीका अनुसार निर्वाचनमा २९ मत भने बदर भएको थियो ।नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यतm गरेका छन् ।

उनले भने, ‘स्थानीय तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..