मोहन वैद्य नेतृत्वको माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । आउँदो सालको वैशाख ३० गते तोकिएको उक्त निर्वाचन बहिस्कार गर्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको हो

यही फागुन २५ गतेदेखि २९ गतेसम्म बसेको उक्त पार्टीको केन्द्रीय समिति बैठकले महासचिव वैद्यले ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकको राजनीतिक प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावमा स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने मूल एजेन्डा रहेको बताइएको छ ।

वैद्यको उक्त प्रस्तावमा ‘प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग र स्वच्छ तथा निष्पक्ष निर्वाचनको सम्भावना नरहेको’ भन्दै बहिस्कार गर्ने उल्लेख गरिको जनाइएको छ ।

साथै ‘संसदबाट राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले लगायत दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको र त्यसको अझै भण्डाफोर गर्न जरुरी भएको तथा निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने संभावना नरहेको लगायत कारण उल्लेख गर्दै निर्वाचन बहिस्कार गर्ने निर्णय पारित भएको एक विज्ञप्तीमार्फत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..