धनगढीमा चैत ६ गते देखि राष्ट्रिय यू–१९ महिला क्रिकेट हुने,
प्रथम पुरस्कार ५ लाख

धनगढी । धनगढीमा चैत ६ गतेदेखि राष्ट्रिय स्तरको यू–१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।प्रतियोगिता सञ्चालन नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिले सञ्चालन गर्ने छ । प्रतियोगिता बारेमा जानकारी दिंदै क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीले महिला क्रिकेटमा तल्लो स्तरका खेडालीको पहिचान र क्षमता अभिवृद्धि गर्न यू–१९ प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।

‘सिनियर क्रिकेट प्रतियोगिता जताततै भइरहेका छन्, ‘उनले भने, ‘तर यू–१९ स्तरका महिला खेल खास्सै सञ्चालन हुन सकेका छैन, तर क्रिकेटको आधार यू–१९ नै भएका कारण त्यसलाई बलियो बनाउन खोजेका हौं ।’

प्रतियोगितामा ७ वटै प्रदेशबाट यू–१९ समुहको टोली सहभागि हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख तथा उप विजेता टोलीलाई ३ लाख प्रदान गरिने उनले बताए ।

क्रिकेटको राष्ट्रिय टोलीलाई बलियो बनाउन यू–१९ स्तरका घरेलु प्रतियोगिता हुन आवश्यक रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले बताए ।

जब सम्म तल्लो स्तरबाटै स्तरिय खेडालीको पहिचान गर्न सकिंदैन तव सम्म राष्ट्रिय टोलीलाई बलियो बनाउन सकिंदैन,’ सिंहले भने, ‘प्रदेश सरकारले त्यही उद्देश्य अनुरुप यू–१९ महिला क्रिकेट सञ्चालन गर्न थालेको हो ।’ धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता चैत ११ गते समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..