नेपाली कांग्रेसको चुनावी अभियान सुरु

मनाङ । नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ। पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ कांग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि सुरु भएको हो।


अभियानको केन्द्रीय सदस्य गणेश लामाले शुभारम्भ गर्दै पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्ने बताए। केन्द्रीय सदस्य लामा भन्छन्, “पार्टीभित्र भएका मतभेद बिर्सौ, एकताबद्ध भएर हामी अगाडि बढ्नुपर्छ । हिमाली जिल्ला मनाङबाट कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्छ।”


पार्टीका जिल्ला सभापति शङ्कर गुरुङले चुनावी अभियानका लागि अब गाउँमै व्यस्त हुनुपर्नेमा जोड दिए। गुरुङ भन्छन्, “स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौँ, गाउँमा उत्साह छ, सुशासन प्रवद्र्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ।”

कार्यक्रममा कांग्रेस नेता टेकबहादुर गुरुङ, पाल्टेन गुरुङ, कोमलबहादुर घले तथा कर्मा गुरुङले पार्टीको निर्णय स्वीकार गरेर कांग्रेसलाई जिताउनेतर्फ लाग्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..