भारतीय ‘कोल्ड ड्रिंक्स’ सहित गाडी बरामद


रौतहट । रौतहटस्थित प्रहरी गस्तीटोलीले अवैध भारतीय ‘कोल्ड ड्रिंक्स’ बोकेको एउटा गाडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले शुक्रबार साँझ चन्द्रपुर नगरपालिका–५ स्थित सडक खण्डमा रोकी राखेको ना ३ च ९६७७ नम्बरको बोलेरो पिकअप गाडी बरामद गरेको हो ।


चेक जाँच गर्ने क्रममा गाडीमा अवैध ‘कोल्ड ड्रिंक्स’ को १२ सय ६० वटा माउन्टेन डिउको बोतल बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।

७ लाख रुपैयाँ बराबरको ‘कोल्ड ड्रिंक्स’ र सर्लाही बागमती नगरपालिका –१२ बस्ने बर्ष २० का काशी राम बि कलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..