धरान । विभिन्न कालखण्डमा धनकुटाबाट धरान स्थानान्तरण भएर बसोबास गर्दै आएका धनकुटलीहरुको संस्थाको रुपमा धनकुटा धरान एकता समाज स्थापना गरिएको छ । धरान धनकुटाको सामाजिक, सांस्कृतिक, विकासका क्षेत्रमा मानविय सेवाका कार्यहरु गर्न समाज गठन गरिएको हो ।
समाजको तदर्थ समितिका अध्यक्षमा पूर्व बैंकर गंगाप्रसाद रेग्मी रहेका छन् । एघर सदस्यिय कार्यसमितिमा उपाध्यक्ष जयप्रसाद निरौला, सचिव राजकुमार थापा, सहसचिव कल्पना रोहिला ढकाल, कोषाध्यक्ष बासुदेव भण्डारी रहेका छन् । सदस्यहरुमा ज्ञानु थापा, बिनोद घिमिरे, नविन रेग्मी, रामबहादुर थापा, श्याम कार्की निलकुमारी गिरी थापा छन् ।
कार्यसमितिलाई सल्लाह दिन अग्रजहरुको ६ सदस्यीय सल्लाहकार समिति पनि बनाइएको छ । सल्लाहकारहरुमा लक्ष्मणबहादुर थापा, दिपबहादुर कार्की, श्यामा रेग्मी हिरण्यप्रसाद घिमिरे, वीरेन्द्रसिंह थाप, हर्ष सुब्बा छन् । समाज स्थापना गर्न शनिवार समाजसेवी वीरेन्द्रसिंह थापाको निवासमा भएको भेलाले छलफल गरेपछि कार्यसमितिको चयन गरिएको हो ।
छलफलमा अग्रज महिला नेतृ श्यामा रेग्मीले नयाँ पुस्तालाई पुख्यौंली थातथलो, त्यहाँका सांस्कृतिक परम्परामा ज्ञातव्य बनाउन संस्थागत पहलका लागि समाज उपयोगी हुने विश्वास व्यक्त गरिन् । लक्ष्मणबहादुर थापाले संस्थालाई सकृय रुपमा निरन्तरता दिनुपर्ने कुरमा जोड दिए ।
वीरेन्द्रंिसँह थापाले व्यवसायीक लगायत विभिन्न कारण एकअर्का ठाउँमा स्थानान्तर भएर बसोबास गरेकाहरु विच सम्पर्क, सामाजिक सेवा कार्य गर्न स्थापना भएका सम्पर्क समिति, मञ्च उपयोगी भएकोले धनकुटा धरान एकता समाजको भूमिका महत्वपूर्ण रहेको बताए ।
राजकुमार थापाले धनकुटबाट धरान आएर बसोबास गर्दै आएका नागरिकहरु विच आपसी सम्पर्क, समाजिक कार्यगर्न एकै ठाउँमा भेला हुने माध्यमको रुपमा संस्थाले भूमिका खेल्ने बताए । समाज गठनको पहल थापाले गरेका हुन् । उनका अनुसार तदर्थ समितिले संस्थाको उदेश्य निर्धारण, विधान बनाएर विधिवत् रुपमा काम अघि बाढाउने छ ।


