महिलाको पर्स खोसेर चार लाखभन्दा बढी रकम लुट्ने युवक प्रहरी फन्दामा

दाङ । एक जना महिलाको चार लाखभन्दा बढी रकम लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बिहीबार बाटोमा हिँड्दै गरेकी महिलाको हातेपर्स खोसेर चार लाखभन्दा बढी रकम लुटेको आरोपमा दाङको घोराही उपमहानगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही–१३ की ४८ वर्षीया झुका रोकाको चार लाख ६७ हजार ७ सय २० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई घोराही–१३ बाट तत्काल पक्राउ गरिएको दाङका प्रहरी पवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..