युक्रेनको मारिउपोलमा रुसको नरसंहार, बम आक्रमणबाट मारिएकाको सामुहिक चिहान

काठमाडौँ । युक्रेनको मारिउपोलमा रुसी आक्रमणबाट मृत्यु भएकाहरुको शवहरूलाई सामूहिक दाहसंस्कार गरिएको छ । आक्रमणमा मारिएकाहरुलाई खाल्डो खनेर सामुहिक रुपमा अन्तिम संस्कार गरिएका तस्वीरहरु सार्बजनिक भएका छन् ।

मारिउपोलमा अहिलेसम्म रुसी आक्रमणबाट १३ सयको मृत्यु भएको शहरका मेयरका सलाहकारले बताएको सिएनएनले उल्लेख गरेको छ ।

रुसी सेनाले अस्पताल विद्यालय र सर्बसाधारणलाई निशाना बनाएर बम खसालेपछि ठुलो संख्यामा ज्यूधनको नोक्सान भएको छ । शहरमा अहिले पनि पानी, बिजुली र ग्याँसको लाइन काटिएको छ भने युक्रेनी पक्षले रुसले मारिउपोलमा अहिले पनि ३ लाख जनतालाई बन्धक बनाएको आरोप लगाएको छ ।

मारिउपोलका उपमेयर, सर्गेई ओर्लोभले सिएनएनलाई भने- ‘वास्तवमा, हामी कतिको मृत्यु भयो भनेर गणना गर्न सक्दैनौं- मेरो मतलब तीन देखि चार गुणा बढी हो । हामी सडकमा कति मानिसहरू बम र तोपखानाले मारिएका छन् भनेर गणना गर्न पनि सक्षम छैनौं । हामीलाई थाहा छैन कति, किनकि हामी सबै शवहरू संकलन गर्न सक्दैनौं र हामी गणना गर्न सक्ने अवस्थामा छैनौं ।’

शवहरूलाई अन्तिम संस्कार गर्न कामदारहरूले एउटा चिहान भित्र ७५ फिट लामो खाडल खनेर गाडिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..