हत्याको आरोपमा दुईजना पक्राउ


भक्तपुर । महिलाको हत्या गरेको आरोपमा प्रहरीले भक्तपुरमा दुई जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिका-९ घर भई भक्तपुरको नागपोखरी बस्दै आएकी २८ वर्षीया जेनिशा नगरकोटीको गत सोमबार हत्या भएको थियो ।

हत्या आरोपमा पक्राउ पर्नेमा काभ्रेकै नमोबुद्ध नगरपालिका-२ का ४४ वर्षीय कुमार लामा र भुम्लु गाउँपालिका- ४ का ३८ वर्षीय नवराज रिजाल छन् ।परिसरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार भक्तपुरको चाँगुनारायण-७ बागरे स्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र हत्या भएको अवस्थामा महिलाको शव फेला परेको थियो ।


पक्राउ परेकाहरूलाई ७ हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..