हत्या आरोपमा एक जना पक्राउ


गोरखा । भतिजाको हत्या आरोपमा गोरखा नगरपालिका–१२ छापगाउँका चाउरे भन्ने पदमबहादुर कुमाल पक्राउ परेका छन् ।


४६ वर्षका काशीराम कुमालको हत्या आरोपमा उनकै काका ५९ वर्षका पदमबहादुरलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सामान्य विवादमा पदमले भतिजा काशीरामलाई चिर्पटले हिर्काएको खुलेको प्रहरीले जनाएको छ ।

काशीरामको घटनास्थलमै मृत्यु भएपछि परिवारजनले पदमविरुद्ध जाहेरी दिएका थिए ।प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार पदमलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अदालतको अनुमति लिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..