काठमाडौं-दिल्ली रुटमा नेपाल एयरलाइन्सको दैनिक दुई उडान


काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौ-दिल्ली रुटमा अब दैनिक दुई उडान गर्ने भएको छ । भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने बताएको हो ।

नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडान हुनेछ । अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ ।अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् ।

नेपालबाट भने निगम एक्लो कम्पनी हो । भारतको बनारसमा भने बुद्ध एयरले पुनः उडान शुरु गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..