बारा । बिडम्बना एसपी बस्ने जिल्ला मात्रै नभएर उनको कार्यालयकाे छाेटाे दुरीमा नै ट्राफिकका एक हवल्दारकाे असुलीले सामान्य किसान देखि अन्य सेवाग्राही समेत पीडित बनेका छन् ।
एसपीले थाहा नपाएर हो वा भाग पुगेर हो ती हवल्दारकाे असुलीले सीमा नाध्दा र असुलीकाे आतंक मच्चाउदा समेत न त उनको सरूवा हुन्छ न त छानबिन र कार्वाही नै।ती हवल्दार हुन महेश कुशवाह । प्रसाैनी गण्डक स्थित ट्राफिकमा कार्यरत हवल्दार कुशवाहले यस क्षेत्रमा मालसामान ढुवानी गर्ने ट्याक्टरहरूबाट खुलेयाम रकम असुली गरिरहेका छन् ।
दैनिक रूपमा दुई सय भन्दा बढी ट्याक्टरहरू चल्ने यस क्षेत्रमा उनको असुली धन्दा खुलेयाम छ । बालुवा बाेक्ने प्रत्येक ट्याक्टरले सय रूपैयाँ र धान , मकै लगायतका सामान बाेक्ने प्रत्येक ट्याक्टरले एक सय पचास रूपैयाँ ट्राफिक प्रहरीलाई अनिवार्य रूपमा बुझाउनुपर्ने हुन्छ ।
अन्यथा कुनै न कुनै रूपमा चिट काटेर धेरै जरिवाना लगाउने र दुख दिने काम ट्राफिक हवल्दार महेश कुशवाहले गर्दै आएका छन् ।


