विद्यार्थी मृत्यु प्रकरण : प्रहरीले उजुरी दर्ता नगरेपछि पीडित पक्षद्वारा फेरि सडक अवरुद्ध

तनहुँ । तनहुँको भानु नगरपालिका-९ बाइसजाँगरका स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका छन् । सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार-९ स्थित मर्स्याङ्दी नदीमा मङ्गलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन् ।

कानुनअनुसार अगाडि बढ्ने र निषेधाज्ञा तथा विरोध प्रदर्शन नगर्ने सहमति भएसँगै बुधबार गरिएको आन्दोलन स्थानीयवासीले फिर्ता लिएका थिए । असहज परिस्थिति सिर्जना भएसँगै प्रशासनले सिउडीबजार क्षेत्रमा निषेधाज्ञा समेत लगाएको थियो ।

पीडित परिवारले फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयका सञ्चालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थीविरुद्ध बिहीबार प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । सोही विरोधमा स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका हुन् । श्रेष्ठ विद्यालयका छात्रावासमा पढेर अध्ययन गर्दै आएका थिए ।

छात्रावासमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नदिई छात्रावास बाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नदिइ शव लगेको पीडित पक्षको आरोप छ । स्थानीयवासी सीताराम बजगाईँले यसअघि किटानी जाहेरी लिने सहमतिपछि आन्दोलन स्थगन भए पनि अर्को दिन प्रहरी कार्यालयमा पुग्दा प्रहरीले किटानी जाहेरी नलिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..