मधेशका जनताका लागी रक्तदान गर्दै सिरहाका प्रहरी उपरीक्षक तिमिल्सिना

सिराहा । मधेसमा बिरामीको उपचारका लागि रगतको अभाव भएपछि सिराहा प्रहरीहरूले रक्तदान गरेका छन्।

प्रहरी कार्यालयमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ‘रक्तदान जीवनदान’को नारालाई आत्मसात गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रममा रक्तदान गरेको प्रहरी उपरिक्षक (एसपी) अर्जुन प्रसाद तिमिल्सिनाले बताए ।

‘समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्नु हाम्रो कर्तव्य हो,’ उनले भने ‘सुरक्षासंगै रक्तदान गरेर आफनो रगतको थोपाले कसैको ज्यान बच्छ भने त्यो धर्म पनि हामीैले निर्भाह गरेका हौँ ।’

रक्तदान गर्दा आफूलाई निकै खुशी लागेको पनि एसपी तिमिल्सिनाले बताए । रक्तदान कार्यक्रममा करिब ३५ पिन्ट रगत संकलन भएको प्रहरीले जनाएको छ ।

रक्तदान कार्यक्रममा एसपी तिमिल्सिना सहित करिब ३५ जनाले रक्तदान गरेका थिए ।

रेडक्रस सिराहाले प्रहरी कर्मचारीले दानगरेको रगत घटना, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी समस्या रहेका कैयौँ नागरिकको जीवन रक्षामा उपयोग हुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..