एमाले अध्यक्ष ओलीमा काँग्रेसको प्रभाव बढ्दै छ : महत

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीलाई काँग्रेसको प्रभाव बढ्दै गएको महसुस हुन थालेको बताएका छन् । पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले यस्तो बताएका हुन् । उनले ओली आत्तिएर एमालेविरुद्ध षड्यन्त्र भयो भन्न थालेको समेत बताए ।

नेपाली काँग्रेसले आगामी फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ भन्ने अभियान सञ्चालन गर्दैछ । सोही अभियानबारे जानकारी दिन काँग्रेसले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

अभियानबारे जानकारी दिँदै महतले पार्टीले सबै कार्यकर्तालाई स्थानीय निर्वाचनको अभियानमा जिम्मेवारी दिने बताए । उनले चुनावमा गठबन्धन हुनेरनहुनेबारे अहिले नै बहस गर्न आवश्यक नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..