सशस्त्र प्रहरीद्वारा कपडा लोड गरिएको ट्याक्टर नियन्त्रणमा


वीरगंज । सशस्त्र प्रहरी बल नेपालले वीरगंजबाट १६ लाख मूल्य बराबरको कपडा लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साबाट खटिएको ९ जनाको गाडी मोवाइल टोलीले मंगलबार साँझ ५ः३० को समयमा वीरगंज-२५ अलौं-वीरगंज सडकखण्डमा आई.सि.पि.बाट वीरगंज तर्फ आउँदै गरेको ना ५ त ५४९४ ट्याक्टर र उक्त ट्याक्टरमा लोड भएको १६ लाख नौ हजार आठ सय ७३ रुपंयाँ बराबरको बिल बिजकभन्दा फरक मालसामान रहेको सूचनाको आधारमा नियन्त्रणमा लिईएको १३ नं. गणका सूचना अधिकारी सन्तोष कुमार बस्नेतले बताउनु भयो ।

बरामद गरिएको उक्त ट्याक्टरको १० लाख मूल्याङ्कन गरी आवश्यक अनुसन्धान तथा थप कारबाहीको लागि राजश्वक अनुसन्धान कार्यालय पलैया बारामा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

बरामद सामान र ट्याक्टर समेत गरी २६ लाख नौ हजार आठ सय ७३ रुपैयाँ मूल्याङ्कन गरि पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..