एमसिसीबारेको भ्रम चिर्नु आवश्यक : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसिसी राष्ट्रको हितमा रहेपनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन्। एमसिसीबारे जनतामा फैलाइएको भ्रम चिर्नसमेत उनले कार्यकर्तालाई आग्रह गरेका छन्।

नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा सहभागी रुपन्देही पुगेका गृहमन्त्री खाणले एमसिसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी रहेको बताए।

सञ्चारकर्मीलाई पनि एमसिसीबारे सत्यतथ्य उजागर गर्न आग्रह गर्दै गृहमन्त्री खाणले सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसिसीबारे भ्रम फैलाएको बताए। संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसिसीमै भएकै कुरा उल्लेख भएको उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..