राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्य नियुक्तिः
गोपालमान श्रेष्ठदेखि निर शाहसम्मको दौड

काठमाडौं । राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिट प्रदेशबाट निर्वाचित भइसकेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभाको एक सिट पूर्ति हुन बाँकी छ ।राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा नेपाली कांग्रेसभित्र धेरैं आकांक्षी देखिएका छन् । पछिल्लो पटक कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठले नै राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यमा जाने इच्छा प्रधानमन्त्री शेरबहादुर देउवासममक्ष प्रकट गरेको कांग्रेस बृत्तमा चर्चा छ ।


गोपालमान श्रेष्ठ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर दुईबाट पराजीत भएका थिए । कांग्रेसभित्रकै अन्तर्घातका कारण उनी निर्वाचनमा पराजित भएको महसुस गर्दैआएका छन् । अब पनि उनले स्याङ्जाबाट टिकट पाएमा अन्तर्घात दोहोरिने भएकाले उनी राष्ट्रियसभामा ६ बर्षसम्म सांसद हुने निष्कर्षमा पुगेको कांग्रेसकै एक नेताले बताए ।

राष्ट्रियसभाको मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीत हुने पदका लागि कांग्रेसभित्र अरु पनि आकांक्षी देखिएका छन् । कलाकार निर शाहले पनि तीव्र चाहना राखेका छन् । उनले छोरी आकांक्षा शाहमार्फत् कांग्रेस केन्द्रीय सदस्य तथा अहिलेकी शक्तिशाली महिला डा. आरजु राणा देउवासँग पनि लबिईङ गराउँदैआएका छनु ।

कलाकार शाह ३ बर्षअघि २०७६ बैशाखमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यका लागि अमुदा श्रेष्ठको नाम पनि चर्चामा छ । प्रधानमन्त्री देउवाले २०७४ माघमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभाका ३ सदस्यमा प्राध्यापक अमुदा श्रेष्ठ, गोपाल बस्नेत र कृष्ण पौडेलको नाम सिफारिस गरेका थिए ।

कांग्रेसले निर्वाचनमा पराजय भोगेको र नेकपाले दुईतिहाईको नजिक बहुमत ल्याएकाले राष्ट्रपति विद्या भण्डारीले देउवाको मन्त्रिपरिषदले गरेको सिफारिस कार्यान्वयन गरिनन् । त्यतिबेला सिफारिस भएकामध्ये गोपाल बस्नेत र पौडेल गएको माघ १२ गतेको राष्ट्रियसभाको निर्वाचनमा क्रमशः प्रदेश १ र बागमती प्रदेशबाट निर्वाचित भइसकेका छन् ।

अमुदा श्रेष्ठलाई पनि राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने पक्षमा प्रधानमन्त्री देउवा रहेका छन् । त्यसो त चितवनका पुराना कांग्रेस नेता केशव कँडेलले पनि राष्ट्रियसभा सदस्य हुने चाहना प्रकट गरेका छन् । कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्–‘राष्ट्रियसभा सदस्यका लागि जति आकांक्षीहरुले चाहना राखे पनि गोपालमानको इन्ट्री हुने चाहनापछि ब्रेक लाग्ने संभावना छ । किनकि देउवाले गोपालमानको चाहना पूरा नगर्न असंभव छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..