विद्वानहरूले मनुस्मृतिमा चार सय श्लोक घुसाएर बदनाम गराए – पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्वानहरूले बाटो बिराए समाज नै बिग्रने टिप्पणी गरेका छन् । आज वसन्तपुरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विद्वानहरूबाट बाटो बिराउने काम हुन नहुने बताएका हुन् ।

‘विद्वानले बाटो बिरायो भने समाज नै बिगार्छ । विद्वानहरूले बाटो बिराउने काम नगरुन्,’ ओलीले भने,‘केहीविद्वानहरूले मनुस्मृतिमा ४ सय श्लोक घुसाएर बदनाम बनाउने काम गरे ।’ मनुस्मृतिमा नारीका बारे उल्लेखित विवादास्पद विषय पछि घुसाइएको टिप्पणी गरे । सुरुमा मनुस्मृतिमा नभएको विषय पछि केही विद्वान भन्नेहरूले घुसाएर बदनाम गराउन खोजेको बताए ।

पूर्वीय दर्शनलाई अन्धविश्वास भन्नु गलत हुने टिप्पणी गरे । उनले भने, ‘पश्चिमा दर्शन वैज्ञानिक रे । हाम्रो अन्धविश्वास रे ?’ पूर्वीय वैज्ञानिकहरुले बिरामी हुँदा भगवानकहाँ नभई वैद्यकहाँ जान सुझाएको र जडीबुटीको विकास गरेको तर्क गरे ।

महिलाहरू नेपालमा निकै सक्षम र सशक्त भइकसकेको उनको भनाइ थियो । महिला कसैको संरक्षणमा बस्नुपर्ने नभई आफ्नो संरक्षण आफै गर्न सक्षम रहेको बताए । तर, मन्थरा र शकुनि प्रवृत्तिकाहरू समाजमा रहेकाले होसियार रहनुपर्ने बताए ।

महिला शिक्षित भए घर र समाज नै शिक्षित हुने उनको भनाइ थियो । महिला विद्यालयबाट वञ्चित हुनुनपर्ने अवस्था आफ्नो सरकारको पालामा सुनिश्चित गरिएको दाबी उनले गरे ।

जनमत नेकपा एमालेका पक्षमा रहेको ओलीको दाबी थियो । उनले चुनावमा सफलता हासिल गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..