महिला अधिकारका लागि रचनात्मक सङ्घर्ष जरुरी – पम्फा भुसाल

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राप्त अधिकारको कार्यान्वयनका साथै प्राप्त भइनसकेका अधिकारका लागि महिलाहरुले रचनात्मक सङ्घर्ष जरुरी रहेको बताएकी छिन् ।

आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

महिलालाई संविधान र राज्यले अवसर दिएको भन्दै सोही आधारमा महिलाले दक्षता र क्षमताका आधारमा आफ्नो अधिकारको कार्यान्वयनका लागि पहल गरिनुपर्ने उनले बताइन् ।

यस्तै, मन्त्री भुसालले महिला अधिकारका सवालमा अझैपनि राज्यको नीति र व्यवहारमा चुनौती रहेको भन्दै उनले प्राप्त अधिकारको कार्यान्वयनका साथै प्राप्त भइनसकेका अधिकारका लागि रचनात्मक सङ्घर्ष जरुरी भएको धारण राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..