विश्वकरण जैनको अफिसमा प्रशासनको छापामारी


वीरगंज । विवादास्पद व्यापारी विश्वकरण जैनको आदर्शनगरस्थित कार्यालयमा केहि दिन अघि जिल्ला प्रशासन कार्यालय पर्साले छापामारी गरेको बुझिएको छ ।
बहुराष्ट्रिय कम्पनी हमदर्दको नेपालस्थित मुख्य बिक्रेता विश्वकरण जैन कस्मेटिकको समेत कारोबार गर्दै आएका छन् ।

न्यू लुक नामक कोरियन कम्पनीसँग मिल्दोजुल्दो सामान चाईनाबाट मगाएर नेपालमा बेच्ने गरेको बुझिएको छ । जैनले म्याद गुज्रेको सामानहरूलाई रि-लेबलिंग गरेको सुराकीको आधारमा स्थानीय प्रशासनले छापा मारेको बताइन्छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलसँग बुझ्दा जैनको गोदाममा शील बन्दी गरि कारवाही प्रक्रिया अगाड़ी बढाईएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..