लागू औषध खैरो हिरोइनसहित दुईजना पक्राउ


हेटौंडा । प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुईजनालाई फक्राउ गरेको छ । पूर्वपश्चिम लोकमार्ग हुँदै थपलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा ९९ प ३०४१ नम्बरको मोटरसाइकल हेटौंडा १५ रातोमाटेमा जाँच गर्ने क्रममा ७ ग्राम ६०० मिलीग्राम खैरो हिरोइनसहित दुईजना पक्राउ परेका हुन् ।


पक्राउ पर्नेमा हेटौंडा-१० बस्ने डिल्ले लामा र हेटौंडा ४ का २६ वर्षीय अजय घले रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्य लामा चालक र घले मोटरसाइकलको पछिल्लो भागमा बसेर यात्रामा थिए ।


पक्राउ परेका दुवैलाई जिल्ला अदालत मकवानपुरबाट १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..