सभ्य तरिकाले होली मनाउन एसपी बस्नेतको आग्रह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले होलो सभ्य तरिकाले मनाउन आग्रह गरेको छ ।हिन्दू धर्मावलम्बीहरुको ठूलो पर्व मध्येको एक फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन एउटा सन्देश जारी गर्दै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले आग्रह गरेका हुन् ।


पछिल्लो समय होलीको नाममा विकृति बढेकाले सभ्य तरिकाले आपसी सद्भाव र एकताको सन्देश दिनेगरी होली होली मनाउन एसपी बस्नेतको सुझाव छ ।


एसपी बस्नेतले होली खेल्दा रंग बाहेक अण्डा, मोबिल, लोला तथा फोहर पानिको प्रयोग नगर्नसमेत आग्रह गरेका छन् ।बस्नेतले सवारी साधन तिव्र गतीमा नचलाउन, मादक पदार्थ सेवन नगर्न, मोटरसाइकलमा २ जना भन्दा बढी सवारी नहुन, हेलमेटको अनिवार्य प्रयोग गर्न, बाटोमा हिडने व्यक्तीलाई जबर्जस्ती रंग तथा अविर नलगाउन पनि अनुरोध गरेका छन् ।

अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, कुनै पनि भाषाको अश्चिल गित नवजाउन, डिजे तथा अन्य लाउड स्पीपर चर्को साउण्डमा नवजाउन, होली खेल्दा मनोरञ्‍जनको नाममा गाँजा, भंग, र अन्य कुनै पनि प्रकारका लागूऔषध वा नशालु पदार्थ सेवन नगर्न पनि बस्नेतको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..