माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डद्वारा थप ९७ जना प्रस्तावित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय समिति बैठकमा मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरुको नाम प्रस्ताव गरिएको छ ।


बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भईआएका नामहरूबाट केन्द्रीय सदस्यमा मनोनयनका लागि तयार गरिएको ९७ जनाको नामावली सूची वाचन गरेर सुनाएका थिए ।


माओवादीको संशोधित विधान अनुसार केन्द्रीय सदस्य संख्या २९९ जना रहने व्यवस्था गरिएको छ । गत पुषमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य भने निर्वाचित भइसकेका छन् । बाँकी सदस्यहरु पार्टी नेतृत्वले समानुपातिक समावेशी आधारमा मनोनयन गर्ने व्यवस्था छ ।


सोहीअनुसार अध्यक्ष प्रचण्डले प्राप्त नामहरुमध्ये छानिएका ९७ जनाको नामसूची बैठकमा पेश गरेका हुन् । खुलातर्फ ५५ र समानुपातिक तर्फ ४२ जनाको नाम प्रचण्डले प्रस्ताव गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..