धरान । धरान खानेपानी आयोजनाको उदेश्य पुरा भए नभएको बारेमा अध्ययन गर्न गठित विज्ञ टोलीले अध्ययन पुरा गरेको छ । आयोजना सम्पन्न भएपनि त्यस्ले धरानको बढ्दो शहरीकरणलाई धान्न सक्छ सक्दैन भन्ने कुरा टोलीको प्रतिवेदनमा उल्लेख हुने बताइएको छ । आयोजनको पूरा नभएका प्राविधिक कार्यहरु अहिले पनि पुरा भैसकेका छैनन् । खानेपानी अभावको विद्यमान आवस्थामा सुधार गर्न बाँकी रहेका प्राविधिक कार्य द्रुत्तरगतिमा भैरहेको आइतवार उपमहानगरपालिकामा आयोजित सार्वजनिक सुनवाईमा जानकारी दिइएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर तिलक राईले भने ‘खानेपानी आयोजना सफल, असफल भनि भनिहाल्ने अवस्था अहिले भैसकेको छैन्, विज्ञ समुहको प्रतिवेदनमा आयोजना र धरानका खानेपानीको भविष्यको कुरा उल्लेख हुनेछ ।’ तथापी आयोजनाको योजना बनेको बेलाको धरान र अहिले बढेको शहरीकरणलाई यही आयोजनाको खानेपानीले धान्न सक्ने अवस्था नरहने उनको भनाई छ । धरानमा पाँचकन्या र विष्णुपादुका गाबिस गाभिनु अघिको अवस्थामा खानेपानीको आयोजना बनेको हो ।
पुरा नभएका आयोजनको काम सम्पन्न भएपछि खानेपानी अपूर्तिमा सुधार हुने उल्लेख गर्दै उनले धरानको खानेपानी संघीय सरकारको खानेपानी मन्त्रालय, विभागसंग नजोडिएकाले प्रत्यक्ष सरकारी सहयोगबाट बञ्चित रहेको बताए ा उनका अनुसार बोर्डले पछिल्लो समय सरकारको खानेपानी मन्त्रालय, खानेपानी ढल व्यवस्थापन विभाग संग प्राविधिक, संस्थागत, तथा योजना निर्माणमा व्यवसायीक क्षमताका लागि सहयोग माग गरेको छ । खानेपानी आयोजना शहरी विकास आयोजनाबाट निर्माण भएकोले खानेपानी विभागको भूमिका नभएको हो ।
मेयर राईले भने ‘धरानको बढ्दो शहरीकरण आयोजनाले नसमेटको नयाँ वडाहरुलाई धान्न आयोजनामा एकिकृत खानेपानी योजना थप्ने गृहकार्य भैरहेको छ ।’ गएको महिना सरकारको एकिकृत शहरी खानेपानी आयोजनाको टोलीले उपमहानगरपालिका संग यस्को अवधारण, प्राविधिक, व्यवसायीक पक्षका विषयमा छलफल गरेको उनले बताए । एकिकृत आयोजनाले खानेपानीका नयाँ श्रोत वितरण प्रणालीको सुदृडिकरणमा थप सघाउन पु¥पाउन सक्ने मेयर राईले उल्लेख गरे ।
नयाँ श्रोतको रुपमा यसअघि चर्चामा रहेको कोशीको सिपेज पानि पम्पिङ गरेर ल्याउने विकल्प बाँकी रहेको बताउँदै उनले भने ‘प्रस्तावित धरान–लेउती खोला सुरुङ मार्गको योजना कार्यान्वयनमा आए तमोर खोला पनि धरानको लागि खानेपानीको श्रोत बन्ने सम्भावना छ ।’ वर्तमान खानेपानी आयोजनालाई अधिकतम रुपमा आपूर्तिको व्यवस्थापन गर्ने कुरामा बोर्ड रातोदिन काममा लागि रहेको बताउँदै उपमहानगरपालिका भविष्यको आवश्यकता पूतिका लागि पनि उत्तिकै गभ्भिर गृहकार्यमा रहेको बताए ।
सुनवाइमा उठेका प्रश्नहरुको जवाफ दिदै धरान खानपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलले आयोजनालाई पूर्ण क्षमता सञ्चालन गरी खानेपानी आपूर्ति सहज बनाउन व्यवस्थापन बोर्ड रातदिन नभनी काममा खटेको बताए । उनका अनुसार आयोजनाको बाँकी कामहरु पुरानो प्रणालीलाई नयाँ संग जोड्ने, ट्रंक लाइन मर्मत, पाइपलाइन विस्तार लगायतका काम दूतगतिमा चलिरहेको उनको भनाई थियो ।
उनका अनुसार पुरानो संरचना संग आयोजनाको मुख्य लाईन जाड्ने ५३ वटा ठाउँमा इन्टरकनेक्सनको काम सकिएको छ, १७ वटा बाँकी छन् । पाइप लाइन विस्तार ३ ठाउँ बाकी छ, १० ठाउँमा सकिएको छ । फुश्रे सिस्टमको टेष्टिङ कमिसनिङको काम आयोजनाको ठेकेदारबाट भैरहेको छ ।
चारकोशे जंगल देखी एसपी कार्यालय सम्मका १२ ठाउँमा विग्रेर लिकेज भैरहेको ट्रंकलाई लाइन मर्मत कार्य गरिसकिएको छ । धरानमा खानेपानीक कुल २३ हजार ५६३ वाट रहेको र दैनिक रुपमा नीजि धारा जडान कार्य भैरहेको उनले बताए । नयाँ धारा जडानका लागि १५ हजार रुपय शुल्क निर्धारण गरिएको बताइएको छ ।


