ईलाका प्रहरी हंशपुरले फेला पारेको १५ मोबाईल धनिलाई हस्तान्तरण


पोखरा । ईलाका प्रहरी कार्यालय हंशपुरले विभिन्न स्थानबाट फेला पारेको १५ थान मोबाईल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण छ ।


आज पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न मितिमा हराएको मोबाईल फेला पारेसँगै आज सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको हो । फेला परेका सो मोबाईलहरु ईलाका प्रहरी कार्यालय हंशपुरका प्रमुख डिएसपी महेन्द्र मरासिनीले हस्तान्तरण गरे ।


उनका अनुसार पोखरा ३३ का सुरेन्द्र थापा, पोखरा २७ का सरिता पौडेल, पोखरा ३२ निवासी प्रविण खड्का, पोखरा ३१ कि बिन्दु बुढाथोकी, सोही वडाकै सन्जय घिमिरेलाई फेला पारिएको मोबाईल हस्तान्तरण गरिएको थियो ।

उनले गत ५ गते बिजयपुरमा रहेको दिव्य दिप माबिको होस्टेलबाट हराएको १० थान मोबाईल फेला पारिएको बताए । “११ वटा हराएको भन्ने सुचना आएको थियो अझै एउटा फेला पार्न बाकी छ, उनले भने ” चोरीको मुद्दा दर्ता गरेर त्यस्को पनि खोजीकार्य तिब्र पारेका छौ ।”


चालू आर्थिक वर्षमा गत साउन १ गते देखि हाल सम्म ५१ वटा मोबाईल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाईसकेको ईलाका प्रहरी कार्यालय हंशपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..