नेपाल बारमा सत्ता गठबन्धनको मोर्चाबन्दी


काठमाडौं । नेपाल बार एशोसिएसनको चैत १९ गते हुने अधिवेशनमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले मोर्चाबन्दी गर्ने भएका छन् ।


नेपाली कांग्रेस निकट कानुन व्यवसायी अध्यक्ष र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी महासचिव रहने गरी तीन दलले मोर्चावन्दीको निर्णय गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले उपाध्यक्ष पद पाउनेछन् ।

बारको २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्षसहित १५ जना कांग्रेसले पाउने गरी सहमति भएको कांग्रेस निकट कानुन व्यवसायी एगराज पोखरेलले बताए ।माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवसायीले १० सिट भागवण्डा गर्ने सहमति भएको उनको दावी छ ।


पोखरेलका अनुसार अध्यक्षमा सुनील पोखरेल र गोपालकृष्ण घिमिरेमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । बारका पूर्वमहासचिव पोखरेल अघिल्लो महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।

अध्यक्ष पदका आकांक्षी घिमिरे नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक हुन् । महासचिवमा माओवादी केन्द्र निकट अधिवक्ता दीनमणि पोखरेलले उम्मेदवारी दिने सम्भावना छ । बार एशोसिएसनको देशभर ११ हजार जना भन्दा बढी सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..