पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नाबालिग गायिकामाथि जबर्जस्तिकरणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखिने भएको छ ।

आज जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।यसअघि अभिनेता शाहलाई ७ दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गरेको थियो । तर, हप्ता दिनमा प्रहरीले अनुसन्धानलाई पूर्णता दिन नसकेपछि थप अनुसन्धानका लागि समय मागेको थियो ।

थप समयका अभिनेता शाहलाई जिल्ला अदालत लगिएको थियो । अदालत थप समय दिएसँगै भोलिदेखि अदालतमा उनको बयान सुरु हुने बताइएको छ ।गत फागुन १५ गते अभिनेता शाहले आफै तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..