धरानमा मृत भेटिएकी महिला हत्याको आरोपमा युवक पक्राउ


विराटनगर । धरान उपमहानगरपालिका-१८ को एक होटलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् ।


पाँचथर घर भई इटहरी उपमहानगरपालिका– ५ बस्दै आएकी ३८ वर्षीय सुमित्रा तामाङ गत मंगलबार न्यू कान्तिपुर होटल एण्ड लजमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको हत्या आरोपमा प्रहरीले धनकुटा पाख्रिबास नगरपालिका–६ का २४ वर्षीय जीवन मगर भनिने विनेश राना मगरलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई धनकुटाको पाख्रिबास नगरपालिका–११ बाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका मृतक महिलाका श्रीमान वैदेशिक रोजगारीका लागि ब्रुनाइमा छन् । उनी माइतीमा बस्दै आएकी थिइन् ।हत्या आरोपमा पक्राउ परेका जीवन तीन महिनाअघि स्काभेटरमा काम गर्न भोजपुर पुगेका थिए ।

भोजपुर जानुअघि उनी इटहरीमा सिटी सफारी चलाउथे । सिटी सफारी चलाउने क्रममा मृतक सुमित्रासँग उनको चिनजान भएको प्रहरीको भनाइ छ ।फागुन १५ गते धरान उपमहानगरपालिका– १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड लजमा भेटेका उनीहरुबीच विवाद भएपछि युवकले राति नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।

युवकविरुद्ध कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..