आजको संसद बैठकमा अख्तियारको प्रतिवेदन पेस हुने

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन पेस गरिने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवायले तयर गरेको कार्यसूची अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त प्रतिवेदन संसदमा पेश गर्नेछन् ।संसद बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था बैठकमार्फत संसदको सम्भावित कार्यसूची संशोधन समेत हुन सक्छ ।


तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध कायमै राख्ने संकेत देखिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा भने अवरोध नगरेको एमालेले अन्य संसद बैठक भने निरन्तर अवरोध गर्दै आएको छ ।

सभामुखको राजीनामा या त आफ्नो पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने उसको अडान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..