कालिमाटी वृत्तमा घुमुवा आंतक व्यवसायीहरू पुगे मेट्राे वान कहाँ


काठमाडौ । नेपाल प्रहरी घुमुवा प्रहरीको असुली र काम कार्वाहीले सधै बिबादमा मात्रै परेको छैन कि ज्यादै बदनाम समेत हुदै आएको छ। विगतमा तराईमा परिचालन भएका घुमुवाहरूकाे कारण बदनाम भए पनि पछिल्लो समय उपत्यकामा परिचालन गरिएका घुमुवाहरूकाे कारण बदनाम भएको छ।


अहिले पछिल्लो समय महानगरीय प्रहरी वृत्त कालिमाटीका घुमुवाकाे कारण यसक्षेत्रमा प्रहरीको बदनाम भएको छ। वृत्तका डिएसपी अनिल घिमिरेले सिपाही राेयल देवानलाई घुमुवाकाे रूपमा परिचालन गरेका छन् । डिएसपी घिमिरेकाे आर्थिक लेनदेन र उठन्तीकाे काम यिनै घुमुवाले गर्दै आएका छन् । घुमुवा कमाण्डर रहेका असई कुमार नेपालीलाई डिएसपी घिमिरेले दरवन्दीमा रमाना गराएर सिपाही देवानलाई घुमुवा कमान्डर मात्रै हाेइन आर्थिक उठन्तीकाे जिम्मेवारी दिएको खुलेको छ। ट्राफिक प्रहरीले गर्ने काम रकम नदिएको कारण प्रहरीले गर्न थालेर दुख मात्रै दिएपछि व्यवसायीहरू मेट्राे प्रमुख एआइजिपी हरि बहादुर पाल कहाँ पुगेका छन् ।


कालिमाटी र कुलेश्वर क्षेत्रमा नयाँ गाडीको डेकाेरेशन गर्ने झण्डै ती दर्जन पसलहरू रहेका छन् । स्वाभाविक रूपले गाडी डेकाेरेशन सडकको किनारा वा फुटपाथमा नै हुने गर्छ । विगतमा यस्तो काम गर्ने व्यवसायीहरूले ट्राफिक प्रहरीले ज्याजती गरेपछि उनीहरूलाई मिलाएर ( महिनावारी रकम दिएर ) व्यवसाय गरिरहेका थिए ।

वृत्तमा आएका डिएसपीहरूले यस्तो कुरामा ध्यान दिएनन् तर अहिलेका डिएसपी अनिल घिमिरेले भने यी व्यवसायीहरूलाई दुख दिएर हैरान मात्रै पारेनन कि घुमुवा देवान मार्फत माेटाे रकमको माग गरेपछि उनीहरू आजित भएर आफ्नो माग सुनुवाइ हाेला भनी मेट्राेवान एआइजिपी हरि बहादुर पाल कहाँ पुगेर गुनासो राखेका छन् । पालले मागको सुनुवाइ हुने आश्वासन दिएको एक व्यवसायीले बताए ।


केही समय पहिले आइजिपी शैलेश थापा क्षेत्रीलाई हटाएर हरि बहादुर पाललाई आइजिपी बनाउने हल्ला चलिरहेको समयमा मुख्यालयकाे आदेशले हाेला वा आइजिपीकाे आफू नजिक बन्न हाेला डिएसपी घिमिरेले प्रहरी निरीक्षकलाई पालकाे सुराकीमा खटाएका थिए। पवन गाेल्यानले अपार्टमेन्ट नचलेपछि हाेटल बनाएको ह्यात प्यालेश मा प्रायः हरि पाल गइरहने गरेको थाहा पाएपछि घिमिरेले एक निरीक्षकलाई सुराकीको लागि पठाइरहने गरेको तथ्य पनि उजागर भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..