आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लैले बहुमत ल्याउने गगन थापाको दाबी

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस एक्लैले बहुमत ल्याउने र पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन्। कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।

थापाले यसअघि तत्कालिन नेकपालाई पाँच वर्षसम्म सरकार चलाउने म्याण्डेट हुँदापनि त्यो पूरा गर्न नसकेको टिप्पणी गरे । उनले नेकपाले आफ्नै घरमा आगो लगाएको पनि बताए । उनले तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस ५० वर्षसम्म सरकारमा नआउने भनेर गरेको दाबी सम्झाएका थिए ।

उनले नेकपाले पाँच वर्ष पनि सरकार चलाउन नसकेको र बीचमै कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको पनि उल्लेख गरे । उनले एमालेले निरन्तर संसद् अवरोध जारी राखे तोकिएको मितिभन्दा अघि नै संघको निर्वाचन हुनेपनि दाबी गरे । पछिल्लो समय थापाले संघको निर्वाचन अघि नै हुनसक्ने अभिव्यक्ति दिएका छन् । चार दलीय गठबन्धनमा पनि अर्ली–ईलेक्शनको कुरा उठेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..