युक्रेनका राष्ट्रपति जेलेन्स्की देश छाडेर भागेको दाबी

काठमाडौं । लगातार आक्रमण गरिरहेको रुसले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की देश छाडेर भागेको बताएको छ । शुक्रबार साँझ जेलेन्स्की बंकरबाट भागेर पोल्याण्ड पुगेको दाबी रुशले गरेको छ ।

शुक्रवार साँझ आएको एक समाचार अनुसार युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की राजधानी किभको बंकरबाट निस्किएर पोल्याण्ड भागेका छन्। यो दाबी रूसी सञ्चारमाध्यम स्पुतनिकले गरेको हो।

युक्रेनका विपक्षी सांसद इल्या किभालाई उद्धृत गर्दै स्पुतनिकले जनाए अनुसार पोल्याण्ड पुगेका जेलेन्स्कीले त्यहाँस्थित अमेरिकी दूतावासमा शरण लिएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार नौ दिन भएको छ। रूसी सेनाले जपोरिझिया आणविक भट्टी पनि शुक्रबार कब्जा गरेको छ।यसअघि यहाँ गोलाबारी भएको थियो। एउटा बम खसालिँदा यहाँ आगो पनि लागेको थियो।

रूसका सैनिकले प्लान्टको प्रशासन र नियन्त्रण कक्षमा कब्जा गरेका छन्।अहिले चेर्नीहिवलमा रूसले हवाई हमला गरिरहेको छ। यो हमलामा कम्तीमा ४७ जना मारिएका छन्।

जेलेन्स्की भागेको समाचार अमेरिकी राष्ट्रपति जो बाइडेनले जेलेन्स्कीले चाहेमा युक्रेनबाट एयरलिफ्ट गरिदिने सार्वजनिक रूपमा बताएको दुई दिनपछि आएको हो।

तर जेलेन्स्कीले यसको जवाफमा कुनै पनि मूल्यमा आफ्नो देश नछाड्ने बताएका थिए।तर शुक्रबार जेलेन्स्की सीआईएको सहयोगमा पोल्याण्ड पुगे या अन्य उपाय अपनाए भन्ने रुसले केही खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..