जीवनले मृत्युमाथि विजय पाउनेछ, अनि प्रकाशले अन्धकारमाथि विजय पाउनेछ : राष्ट्रपति जेलेन्स्किी

एजेन्सी । आज युक्रेनमा रुसी हमलाको नौ दिन हो। युक्रेनका ठूला शहरहरु अहिले पनि तनावग्रस्त रहेका छन्।

युक्रेनको राजधानी किभमा ठूला ठूला विस्फोटका आजावहरु सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। उता युक्रेनमा रुसी हमलाको विश्वभर विरोध भइरहेको छ भने शान्ति वार्ताका प्रयासहरु पनि जार्री छन् ।

रुस–युक्रेन युद्धका दौरान युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको चर्चा चुलिएको छ। युक्रेनबाट अमेरिकाले उद्धार गर्ने प्रस्ताव राखे पनि उनले आफ्नो देश र जनतालाई यस्तो अवस्थामा छाडेर जान नसक्ने बताए । उनी देशको रक्षाका निम्ति आफैं रणभूमिका ओर्लिएका छन्।
यसैबीच धेरै युक्रेनीहरूले टाइम म्यागजीनको कभरलाई सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्।

उक्त म्यागजीनले युक्रेन र राष्ट्रपति जेलेन्स्कीप्रति सम्मान व्यक्त गर्न पृष्ठभूमिमा युक्रेनको झण्डा राखेर उनको उक्ति युक्रेनी भाषामा छापेको छ।

मंगलवार ईयूको संसद्मा सम्बोधन गर्दै उनले भनेका थिएः ‘जीवनले मृत्युमाथि विजय पाउनेछ, अनि प्रकाशले अन्धकारमाथि विजय पाउनेछ।’

अमेरिकाबाट प्रकाशित हुने उक्त म्यागजीनले आफ्नो मुख्य सामग्रीमा रुसी अतिक्रमण सुरु भएपछि किएभमै बसेर जेलेन्स्कीले ‘इतिहास फेरिदिएको’ लेखेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..