अध्यक्ष प्रचण्ड र नारायणकाजीबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।


संसदबाट एमसीसी अनुमोदनमा आफ्नो पार्टी माओवादी केन्द्र पनि सहभागी भएपछि नारायणकाजी श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् । यस क्रममा उनले पूर्व एकता केन्द्र पक्षधर समेटेर माओवादी केन्द्र नै छाड्ने तयारी गरेपछि प्रचण्ड रोक्ने प्रयासमा जारी राखेका छन् ।

बुधबार दिनभर पूर्व एकता केन्द्र र जनमोर्चा निकट नेताहरूबीच छलफल भएको थियो । पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।त्यस लगत्तै आज (बिहीबार) बिहान श्रेष्ठले अध्यक्ष प्रचण्डलाई खुमलटारस्थित उनकै निवास पुगेर भेटेका हुन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..