तरुण दल नेतृत्वमा आकांक्षीलाई उमेरहद वाधक

काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको छ । फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले तदर्थ समिति गठन गर्ने तयारीमा जुटेको हो ।विशेष गरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व रिक्त रहेकाले प्राथमिकताका साथ उक्त संगठनहरुमा नयाँ नेतृत्वको तयारी थालिएको हो ।

तरुण दलमा ४५ वर्ष र नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्था अनुरुप नयाँ कार्यसमिति गठन गर्ने तयारी छ ।तरुण दलको नयाँ नेतृत्वका लागि वर्तमान कोषाध्यक्ष विद्धान गुरुङ र नेविसंघका पूर्वकेन्द्रीय सदस्य लाओस राईले इच्छा देखाएका छन् । गुरुङ र राई प्रमुख दाबेदारका रुपमा देखिएका छन् ।


पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्का निकट मानिएका गुरुङ हाल गृहमन्त्री बालकृष्ण खाँणसँग नजिक छन् । पर्वत जिल्ला निवासी उनी समाजसेवामा पनि सक्रिय छन् । राई डा. शेखर कोइराला र रामचन्द्र पौडेल समूहका हुन् ।

पौडेल–कोइरालाबाट राईको नाम अघि बढाउने विषयमा सल्लाह भइरहेको छ । पाटन संयुक्त क्याम्पसमा स्ववीयू सभापति भइसकेका राई लेखन कर्ममा पनि क्रियाशील छन् । राईलाई कृष्णप्रसाद सिटौला समूहले पनि आफ्नो समूहमा तानेर नेतृत्वमा ल्याउने तयारी गरिरहेको बुझिएको छ ।

त्यस्तै यसअघि नै अध्यक्षमा दाबी गर्दै आएका उत्तम चापागाइँ र लक्ष्मी खतिवडाले यस पटक पनि नेतृत्वमा आउने इच्छा देखाएका छन् । तर अध्यक्षमा दाबी गर्दै आइरहेका कतिपय नेताहरुका लागि उमेरहद बाधक बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..