थापाका भतिजा राजेन्द्र लिङ्देनको पार्टीमा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । गत मंसिरमा भएको महाधिवेशनमा सदस्यमा निर्वाचित अभिषेकले तीन महिनापछि बुधबार शपथ खाएका हुन् ।

तर, उनका काका तत्कालीन अध्यक्ष कमल थापा भने राप्रपा परित्याग गरेर राप्रपा नेपालको जिम्मेवारी सम्हालेका छन् । महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट कमल थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यको साथ भने पाएका छैनन् ।

राप्रपा नेपालमा नगई अभिषेक राप्रपामा रहेका छन् । कमलकी छोरी प्रतिष्ठा थापा रायमाझी पनि राप्रपामै छिन् । गत महाधिवेशनवाट केन्द्रीय सदस्य प्रतिष्ठा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..